• २०८१ श्रावाण ११ शुक्रबार

‘बहुभाषिक नाट्य उत्सव’ शुरु

१२ अषाढ, काठमाडौं, ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार १२ देखि १८ गतेसम्म ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ ।
आरोहण, गुरूकुल स्कुल अफ थिएटरको सह- आयोजनामा हुन लागेको नाट्य उत्सवमा देशभरीबाट प्रज्ञा प्रतिष्ठानलाई प्राप्त नाटकहरुमध्ये विभिन्न भाषा भाषीका ७ वटा नाटक छनौट भई मञ्चनका लागि तयारी अवस्थामा रहेका छन् । नाट्य उत्सव आइतबारबाट कुञ्ज थिएटर थापागाउँमा ७ दिनसम्म चल्नेछ ।

नाट्य उत्सवमा लाप्चा उत्थान मञ्च ईलामको लाप्चा भाषाको ‘स्वर्ग जाने सिडि’, पुरानो घर समूह (रौतहट) को थारु भाषाको ‘कनन हरलता’, बाम्बुले राई समाज (ओखलढुङ्गा) राई भाषाको ‘सुश्री सुम्निमा’, रङ्गभूमि एकेडेमी (धरान) को तामाङ भाषाको ‘डम्फुला साङ्ग्युर’, सुम्निमा थिएटर (ललितपुर) को पुमा भाषाको ‘होङ्छा’, चुलाचुली रङ्गमञ्च- इलाम) को लिम्बु भाषाको ‘सुविउ चरी’ र कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला)को अवधि भाषाको ‘कुटिरो’ मञ्चन हुँदैछन् ।