समाचार
एक दिन लहरले
समुद्रसँग
उसको आयु सोध्यो,
समुद्र फिस्स हाँस्यो ।
तर जब
थोपाले
रहरसँग
उसको आयु सोध्यो
ऊ रिसायो
भुनभुनायो
रनथनायो
थोपाको
टाउकामै
चढ्यो र
ऊ मर्यो !
थोपा समुद्रमा मिसियो
र
समुद्रको आयु
बढ्यो !
अनुवाद: रमण घिमिरे