७असार २०७९ काठमाडौं ।
लुम्बिनी रिडर्स पत्रकार किशोर पन्थीद्वारा लिखित तेस्रो पुस्तक ‘अन्ट्रान्सलेटेबल’ बजारमा ल्याइएको छ ।
लेखक तथा प्रधान सम्पादक किशोर पन्थीद्वारा लिखित तेस्रो पुस्तक‘अन्ट्रान्सलेटेबल’ काठमाण्डौँमा विमोचन गरिएको हो । पुस्तक पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मी, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र व्यवसायीलोक तिवारीले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।
विमोचन कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराईले अन्ट्रान्सलेटेबल’ पुस्तक इतिहासको महत्वपूर्ण दस्ताबेज हुने बताउनु भएको छ । पुस्तकमा नेपालमा गएको बिनासकारी भुकम्पमा परेका मानिसहरुको कथा र भोग्नु परेका पीडाहरुलाई लेखिएको छ ।
यसैगरी अमेरिकाको न्यूयोर्कबाट सन्चालन हुने अनलाइन nepyork.com शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भन्नुभयो, मलाई किशोरजीले अनलाइनको नाम सुनाउन बित्तिकै निकै मन परेको थियो, अमेरिकामा बस्ने नेपालीका कथा संसारभरका मानिसले अंग्रेजीमा पढ्न पाउनु ठूलो कुरा हो,अझ खुशीको कुरा नेपाली टिमले आफै सञ्चालन गरेको छ ।’ उहाँले लेखक तथा प्रधान सम्पादक किशोर पन्थीको मेहनत र कार्यको प्रसंशागर्दै सफलताको शुभकामना दिनुभयो ।
नमस्ते फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीले, पुस्तकको नाम जस्तै कथाहरु साँच्चैकै उल्था गर्न नसकिने खालका छन्, त्यो बेला निकै कहाली लाग्दो थियो, जुनकुरा लेखकले पुस्तकमा जस्ताको त्यस्तै लिपिबद्ध गरेको बताउनुभयो ।