• २०८१ माघ २ बुधबार

सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम सम्पन्न

इनरुवा, असार ४ गते ।

सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को १५ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

गीत, गजल, कविता र लघुनाटक सहित १५ औं शृङ्खला इनरुवा-३ को जनता आधारभुत विद्यालयको समन्वयमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगरक्षेत्रसहित इटहरी उपमहानगरपालिका र विराटनगरका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा कलाकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार फडिन्द्रप्रसाद दाहाल, टीका सिवाकोटी, कान्ता पोखरेल भट्टराई, बिमला पोखरेल, कृष्णप्रसाद नेपाल, सुष्मा तिमिल्सीना, इनरुवा ३ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, चिरञ्जीवी रेग्मीलगायतले रचना वाचन गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा निरज कोईराला, द्वारिकाप्रसाद पोखरेल, निमेश कोईराला, रामकृष्ण मेहता, अमित यादव, शिवनारायण यादव, मीना तिमिल्सना, यादव भण्डारी, कालुराम गुरुङ, रंगलाल भट्टराई, प्रकाश अनुराग, द्वबिन्द्र कुमार लुईटेल, अनु कोईराला, पत्रकार जयकृष्ण यादव, इटहरीका टीका मिलन, साहित्यकार पुरुषोत्तम घिमिरे र सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।