• २०८१ बैशाख १३ बिहीबार

‘सफलताका सूत्र’ कृति लोकार्पण

४, अषाढ, काठमाडौं, साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निवन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक भएको छ ।

दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनमा साहित्यकार प्रा. डा. बासुदेव त्रिपाठी, प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, पूर्वसचिव शंकर प्रसाद पाण्डे र दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले संयुक्तरूपमा लोकार्पण गरेका थिए । प्रा. डा. भागवत ढकालले कृतिमाथि समालोचना गरेका थिए ।