वसन्तवेला

अस्पतालको क्यान्सर वार्ड !
याशी: आमा अहिले स्वास्थ्य कस्तो छ ?
आमा: चिन्ता नगर छोरी, म ठीक छु ।
याशी: तर…
आमा मुस्कुराउँदै: हे पागल, रोगको रिपोर्टमा ध्यान नदेऊ । यो मिसिनले बनाउँछ, यसले जे पनि लेखाउन सक्छ ।
याशी: (आमाको आँखामा आँखा जुधाउँदै) ठीक छ उसो भए !
आमा: (औँलाको इसाराले चुप लाग, एकदम शान्त हौ भन्दै) बहिनीलाई केही नभन्नू, रिपोर्टमा कजेलोको क्यान्सर लास्ट स्टेजमा छ भनेर । उसको पढाइ बिग्रिन्छ र तनावले डिप्रेसन बढ्छ ।
याशी: आमा कसरी यत्रो हिम्मत हुन्छ तपाईंलाई !
आमा: छोरो ! जीवनमा हजारौँ मोड दुःख–पीडाका आउँछन् । हरेक परिस्थितिको सामाना गर्न सधैँ तयार रहनुपर्छ । मलाई वचन देऊ याशी, सधैँ हिम्मतले काम गर्नेछौ र हरेक प्रतिकूलताको सामना हाँसीहाँसी डटेर गर्नेछौ ।
याशी: (सजल नेत्रले आमालाई हेर्दै) हवस्, म वचन दिन्छु । अन्तिम साससम्म खु्सी रहने हरसम्भवन कोसिस गर्नेछु ।
आमा: शरीर के हो र, माटो त हो । यसले माटोमा एक न एक दिन त मिसिनैपर्छ ।
याशी: हजुर !
आमा: मैले सिकाएका राम्रा कामले सदैव तिमीलाई अगाडि बढाउने छ र म आकाशबाट तिमीलाई मुस्कुराउँदै आशीर्वाद दिइरहन्छु, मेरी नानी !
याशी: आमा मलाई अँगालो हाल्नूस् ।
आमा: पागल, आऊ मेरो अँगलोमा । तिमी मोटी भइछौ ।
याशी: हो र ?
सजल आँखाले ठूलठूलो स्वरमा हाँस्दै, आँसु गुल्टिए चारै गालामा ।
मेरठ, उत्तरप्रदेश, भारत