• २०८० जेठ २१ आइतबार

अपिल

लक्ष्मी शंकर वाजपेयी

लक्ष्मी शंकर वाजपेयी

संसारभरिका सारा धार्मिक किताबहरूले
एक सामूहिक अपिल जारी गरेका छन्-
हामी तपाईंको श्रद्धा र सम्मानका लागि
हृदयबाटै आभारी छौँ
तर यदि तपाईंले हामीलाई पुज्नुको साटो
पढि दिएको भए !
पढ्नुको साथसाथै बुझ्नु भएको भए…
बुझ्नुको साथसाथै
आफ्नो जीवनमा पनि रूपान्तरित गर्नुभएको भए…’
अन्त्यमा बढो याचनापूर्वक लेखिएको छ-
‘हामीलाई हाम्रो स्वाभाविक परिवेशमा फर्काउनूस्
हामीलाई पूजाकक्षबाट मुक्ति दिनोस्  !!!’

अनुवाद: रमण घिमिरे