• २०८३ असार २१, आईतवार

“अनुभवका अक्षरहरू” कवितासङ्ग्रह सार्वजनिक

भक्तपुर ।

भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको संयुक्त तिसौँ रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । यसपटक समस्यापूर्तीमा आधारित पन्ध्र श्रृङ्खलासम्मका ३८ जना कविहरूका सामूहिक रूपमा अभ्यास कविताको सङ्ग्रह “अनुभवका अक्षरहरू” को लोकार्पण गरियो । कार्यक्रम महाकाव्यकार तया संस्थाका उपाध्यक्ष दीनानाथ पोख्रेलको अध्यक्षतामा अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुरमा सम्पन भयो ।

प्रा.डा. मुकेशकुमार चालिसेको प्रमुख आतिथ्य, चट्याङ मास्टर, डा रमेश शुभेच्छु, आर सी रिजाल र डा. सीता सुवेदीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सञ्चालन रहेको थियो । सामूहिक राष्ट्रियगानबाट प्रारम्भ भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष वसन्ती भुजेल र सदस्य जुनू घिमिरेद्वारा अतिथिगणलाई खादाद्वारा सम्मान तथा वसन्ती भुजेलद्वारा सबैलाई स्वागत गरिएको थियो । केही कविता वाचनपछि तुरुन्तै “अनुभवका अक्षरहरू” पुस्तक लोकार्पण गरिएपछि सोही पुस्तकका अधिकांश कविता वाचन गरिए ।

कविता वाचन गर्ने कविहरूमा क्रमशः जुनू घिमिरे, सरला पोख्रेल सरु, देवी प्रसाद मिश्र, चूडाप्रसाद चौलागाईँ, साधुराम गिरी, ज्ञानराज सुवेदी, केशवराज खनाल, रामशरण न्यौपाने, मङ्गलप्रसाद श्रेष्ठ, केशव ज्ञवालीआगत, जानुका गुरागाईं, कुसुम घिमिरे, ढकाल शिखरनाथ बेलकोटे कवि, कृष्णप्रसाद पौडेल जस्ताघरे, विद्या अनामिका तिवारी, धरणीघर गुरागाईँ, पदम दाहाल, चेवन वस्नेत ठूलाघरे, जगदीश्वर पोखरेल, विश्वनाथ ढुङ्गेल, आत्माराम न्यौपाने, गोपिकृष्ण खतिवडा, राजेन्द्रकुमार बज्राचार्य, अनन्तकुमार बस्नेत, दुर्गा घिमिरे, अर्जुन सिलवाल, खगेन्द्र दाहाल, मिलन बन्जारा, पुरुषोत्तम ढकाल, पार्वती मानन्धर, प्रमुना पौडेल, प्रविणा पल्लवी, राजेशमान केसी, गीता अर्याल, भीम खड्का, एमपी पाण्डे, उषा बस्ताकोटी खनाल, कल्पना अधिकारी र केही सभ्य स्रोता हुनुहुन्थ्यो ।

समाजका अध्यक्ष कविराज घिमिरेद्वारा लोकार्पित कृतिको जन्म कसरी भयो भन्दै यसबारे प्रस्ट पारियो । अतिथि मञ्चबाट मन्तव्य राख्नुहुनेमा आर सी रिजाल, डा. सीता सुवेदी, चट्याङ मास्टर, डा. रमेश शुभेच्छु, शङ्कर मानन्धर र प्रमुख अतिथि प्रा डा मुकेश चालिसे हुनुहुन्थ्यो । त्यसपछि रामशरण न्यौपानेद्वारा सबैलाई धन्यवाद ज्ञापन गरिएपछि सभापतिबाट कार्यक्रम सञ्चालन गर्न र खाजा पानीको व्यवस्था गरिदिनु भएकोमा अक्सफोर्ड विद्यालयप्रति आभार र धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।