जेठ २८, ०७९ कालिमाटी ब्यान्क्वेट, कालिमाटीमा भएको समारोमा बेलायत निवासी मुक्तक तथा गीतकार राज श्रेष्ठको गीतिएल्बम एवं गीतिपुस्तिकाको लोकार्पण गरिएको छ । मन बिसाउने चौतारी गीतिएलवमको लोकार्पण नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्री रायन श्रेठले गर्नुभयो ।
सङ्गीतकार दीपक जङ्गम, सुर्य थुलुङ, प्रमुख अतिथि तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठ, एपेक नेपालका अध्यक्ष विश्वबिमोहन श्रेष्ठ कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ र गीतकार रमेश पौडेलले गीतिपुस्तिकाको संयुक्तरूपमा लोकार्पण गर्नुभयो । श्रेष्ठका गीतहरूलाई दीपक जङ्गम, न्ह्यु बज्राचार्य र सूर्य थुलुङले सङ्गीत र सूर्य थुलुङ, सङ्गीता राना प्रधान, अजर जङ्गम, प्रवीण बेडवाललगायतले स्वर दिएका छन् ।
कार्यक्रममा प्राज्ञ माया ठकुरी, पद्मावती सिंह, लव गाउँले, गोविन्दगिरी प्रेरणा, वशन्त श्रेष्ठ, गीता खत्री, जयदेव भट्टराई, राजेश नेपाल, चूडामणि देवकोटा, दुर्गाकिरण तिवारी, मन्दिरा मधुश्री, कमला रानी, मणिराज सिंह, विमल भौकाजी, चलचित्रकर्मी दीपक श्रेष्ठ, स्नेह सायमी, लक्ष्मी माली, अर्जुन श्रेष्ठ (राजका भाइ), पूर्णलाल चुके, नवराज पुडासैनी ज्योत्सना, श्रीराम राई, राजेश कोइरालालगायत राज श्रेष्ठका परिवार तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
कार्यक्रममा राजेन्द्र शलभले स्वागत मन्तव्य र रायन, दीपक जङ्गम तथा रमेश पौडेलले राजश्रेष्ठका गीतबारे बोल्नु भएको थियो । उक्त कार्यक्रममा गीतकार राजको मन्तव्य भिडियो मार्फत प्रस्तुत गरिएको थियो ।
एपेक नेपालले आयोजना गरेको कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्ष विश्वबिमोहन श्रेष्ठ र कार्यक्रम सञ्चालन कवि यादव भट्टराईले गर्नुभएको थियो ।