• २०८१ पौष २९ सोमबार

होइन र ?

धनराज गिरी

धनराज गिरी

जति जतन गरे पनि तनले सुख दिन्न !
उल्टो-उल्टो सोचिएमा मनले सुख दिन्न !

चाहिने छ हरियाली प्राण जिन्दगीको !
कसले भन्छ मान्छेलाई वनले सुख दिन्न ?

वरदान कलम हुन्छ पोखे विचार शुद्ध !
दुनियाँमा कैले पनि ‘गन’ले सुख दिन्न !

फलाम चुटे केही छैन, होला उपयोगी !
ठोक्न थाले शिरमाथि घनले सुख दिन्न !

बनी मौरी गरी उद्यम कमाउनू कुस्त !
मारी गरिब बने अमिर, ‘धन’ले सुख दिन्न !!


(गिरी स्थापित साहित्यकार हुन् ।)