• २०८१ माघ २ बुधबार

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा सिद्धिचरणको १११औँ जन्मजयन्ती सम्पन्न

“युगकवि सिद्धिचरण प्रतिष्ठान द्वारा युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष पुरस्कार तथा सम्मान अर्पण कार्यक्रमा समारोह सम्पन्न भएको छ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा युगकवि सिद्धिचरण पुरस्कार २०७८ सिस्नोपानी नेपाललाई तथा युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार श्री गजुर्धन राईलाई २०७७, श्री पारस प्रकाश नेपाल २०७८ र लहना मिडिया काठमाडौँलाई २०७८ प्रदान गरिएको थियो । हातबाट विमोचन गर्ने मौका पाइयो ।

कार्यक्रममा विशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रा. डा. रामप्रसाद ज्ञावली, कवि वैरागी काइँला, शैलेन्दुप्रकाश नेपाल, साहित्यकार हिरण्य कुमारी पाठक, साहित्यकार शुसिला देउजा, जलेश्वरी श्रेष्ठ, डा. भागवत पाठक लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो । यही अवसरमा प्रा. डा. देवी नेपालको ‘युगकविका कवितामा छन्द विधान’ समालोचना ग्रन्थ विमोचन गरिएको थियो ।