• २०८२ आश्विन १, बुधबार

अमेरिकाका दुई रियालिटी सो नेपाल ल्याइयो

‘मेरो भ्वाइस कपयूएसए’ र ‘मेरो डान्स कपयुएसए’ अमेरिकामा भइरहेका दुई रियालिटी सो नेपाल भित्रिएका छन् । राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी दिइएको छ । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् ।

‘मेरो डान्स कपयुएसए’को निर्णायकमा कलाकारहरु मिथिला शर्मा, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नमन राई छन् । त्यस्तै, ‘मेरो भ्वाइस कपयूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे रहेका छन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।

दुवै प्रतियोगिताका प्रथम विजेताले रयाभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशी र गिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीत प्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्न र नेपाली भाषीमा भएको प्रतिभालाई उजागर गर्न यी दुई रियालिटी शो आयोजना गरिएको उनको भनाइ छ ।