दौडधुप, व्यस्तता, आधुनिकजीवनशैलीले युवा पुस्तामापारेको प्रभावको छनक ।
काठमाडौँ—कलामानयाँ पुस्ताजन्माउने उद्देश्यले सुरु गरिएको ‘द प्रिसियस आर्टस् समूह’ को सामूहिककलाप्रदर्शनी सुरु भएको छ । प्रिसियसको नवौं वर्ष प्रवेशको अवसरमा बबरमलस्थित नेपाल आर्ट काउन्सिलमाबिहीबार प्रतिनिधिसभा सदस्य सुजिताशाक्य, चित्रकार एरिना ताम्राकार, समूहको संस्थापकएवं कलाप्रशिक्षक सचिनराजबज्राचार्यलगायतको सहभागितामा ‘आकृति’शीर्षकमाकलाप्रदर्शनीसुरु गरिएको हो ।
प्रदर्शनीमाप्रिसियसमै चित्रकला प्रशिक्षण लिएका ९ प्रशिक्षार्थीहरूको कलाकृतिप्रदर्शनमा छन् । तीनदर्शनभन्दा बढी चित्रमाप्रशिक्षार्थीले विविधमाध्यममार्फत प्रकृति, धर्म, संस्कृति, समाज, विज्ञान, प्रविधि र मानवीय सौन्दर्यका पक्षहरू उठान गरेका छन् । प्रदर्शनरत कलाकृतिहरूमाअहिले दौडधुप, व्यस्त समय, आधुनिकजीवनशैली र आयामले युवापुस्तामापारेको प्रभावको छनक देखिन्छ । महामारीबाट गुज्रेका युवापुस्ता र उनीहरूले यस समयलाई गरेको अनुभवसमेत चित्रमाइंगितभएको देखिन्छ ।
शान्तिथापाले जीवित देवी ‘कुमारी’ लाई महामारीसँगतुलना गरेर चित्रमाउतारेकी छन् । उनको चित्रमाकुमारीको मुखमाफूलले ढाकेकी छन् । उनकाअनुसार कोरोना महामारीले अनिवार्य बनाएको मास्कको प्रयोगलाई फूलको बिम्बबनाउँदै देखाइएको हो । भगवान्लाई मास्कको सट्टा फूलले ढाकेर उनले यो समयलाई सकारात्मक रूपमालिएकी छन् । ‘आर्टले गर्दा कोरोनाकालमा समय बिताउन धेरै सजिलो भयो,’ उनले भनिन्, ‘सबैले मास्कप्रयोग गरेको देखेर कुमारीलाई मास्कका रूपमाफूललगाइदिएँ । यसले दिमागमापोजिटिभ कुरा ल्याइदिएको थियो ।’ सुरबीथापाले भने आफ्नो भावना र कल्पनाहरूलाई सुन्दर चित्रमा प्रस्तुत गरेकी छन् । कलासिर्जना सुरु गर्दा उनले महसुस गर्ने स्वतन्त्रता र नियालेको संसारलाई उनले प्वाँखफिजाउँदै गरेको मयूरको जोडामा चित्रण गरेकी छन् ।
सौम्यातिमल्सिना, संप्रेशनाशाही, सरोज खत्री, सञ्जनामहर्जनलगायतकाकलाकृतिहरूले धर्म, सम्पदासँगै अहिलेको प्रविधि, समय र युवापुस्ताकाभावहरू समेट्ने जमर्को गरेको पाइन्छ । उनीहरूले चारकोल, मिस्क मिडियालगायतका माध्यमहरूमार्फत कलासिर्जना गरेका छन् । प्रदर्शनीअवलोकन गर्दै प्रतिनिधिसभा सदस्यशाक्यले प्रदर्शनीमाप्रदर्शरत कलाहरू देखेर असाध्यै खुसी र गौरवको अनुभूतिभएको बताइन् । कला राष्ट्रको गहना, मान, सान, पहिचान र अमूर्त संस्कृतिको धरोहर भएकाले कलातथाकलाकारको महत्त्व संसारको जुनसुकै कुनामापनिमहत्त्वपूर्ण हुने धारणा राखिन् । उनले भनिन्, ‘कला र कलाकारिताले मानिसको मनोभाव, शब्द, भाषा सबै अभिव्यक्तगर्न सक्छ । कलाकारको सोच र भावअन्यव्यक्तिभन्दा फरक र उच्च हुन्छ ।’