• २०८१ बैशाख १४ शुक्रबार

‘बाबामहिमा’ खण्डकाव्य लोकार्पण

कवि भिष्ममणि पाण्डेको खण्डकाव्य एक भव्य समारोह बीच विमोचन भएको कुरा शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलले बताउनु भयो ।

शताब्दी साहित्य प्रतिष्ठान, काठमाडौं र कालीगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानको आयोजनामा उत्तरवाहिनी, कालिगण्डकी, मालुङ्गा, स्याङजामा सम्माननीय मन्त्री परिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीज्यूको सान्निध्यमा कवि भिष्ममणि पाण्डेको “बाबा महिमा “खण्डकाव्य विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम विशिष्ट अतिथि लुम्विनी प्रदेश मन्त्री रमा घर्ती, काठमाडौंबाट बमबहादुर थापा जिताली, विशिष्ट वक्ता ज्ञाननिष्ठ ज्ञवाली र साङ्जाली साहित्यकार मिलन समिर र विभिन्न जिल्लाबाट आउनु भएका साहित्यकारहरूको बाक्लो उपस्थिति र सहभागिता रहेको थियो ।