• २०८१ भाद्र २५ मङ्गलबार

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

१० बैशाख, २०७९

साहित्यकार, समाजसेवी, पूर्वमन्त्री भद्राकुमारी घलेद्वारा लिखित १५१ वटा पुस्तक विभिन्न क्षेत्रमा पहिचान बनाउनु भएका १५१ जना महिलाहरूको हातबाट लोकर्पण भएको छ । ९२ वर्षको उमेरमा यति धेरै पुस्तक लोकार्पण हुनुबाटै स्पष्ट हुन्छ उहाँको जोस, जागर र सक्रियता । हाम्रा लागि हजुरआमा पुस्ताकी घलेको यो प्रेरणादायी र महान कार्य न भूतमा भयो न भविश्यमा होला । सो कार्यक्रममा पूवप्रध्यानन्ययाधीश सुशीला कार्की, काठमाडौं महानगरपालिकाको मेयर पदकी उमेरद्वार सिर्जना सिंह लगायतका विशिष्ट महिलाहरुको भव्य उपस्थिति रहेको थियो ।

साहित्यकार तथा समाजसेवी भ्रद्रकुमारी घलेद्वारा लिखित पुस्तकको लोकार्पण तथा संस्थाको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कार्कीले घलेको सक्रियताको चर्चा गर्दै सहि मान्छे चयन गरेर मूलुकलाई अगाडी बढाउनुको विकल्प नभएको बताइन् । घलेको यो सक्रियता प्रति गर्व लाग्छ हामीलाई । यस्तो महानकार्यबाट घले विश्व रेकर्ड राख्ने तयारीमा छिन् ।