वसन्त वेला

लौ
स्पर्श
गर त
पृथ्वीलाई
बिरामी छ ऊ
रोग शैय्यामा छ
घाउ खटिरा भए
क्षयरोग ग्रसित छ
विषक्रिया भयो जीउमा
अब प्रलाप बक्न बाँकी छ ।
के हेर्दैछौ सन्तान भई ?
मृत्यु मुखी मातृ मृत्यु ?
तिमी मातृ हन्ता हौ
गरेनौ स्याहार
दिएनौ माया
हत्याकारी
तिमी हौ
पापी
हौ ।
मिलन बोहोरा
विश्वनाथ, असम, भारत
[email protected]