• २०८२ बैशाख ५ शुक्रबार

रोल्पाको जलजलामा साहित्यगुञ्जन

वैशाख ३, २०७९

रोल्पा- नयाँ वर्षको अवसर पारेर रोल्पाको जलजलामा साहित्यकारहरूले आफ्ना सिर्जना सुनाए । समुद्र सतहदेखि करिब ३ हजार मिटर माथिको पहाडमा पुगेर उनीहरूले नयाँ वर्ष वि. सं २०७९ लाई अघिल्ला वर्ष भन्दा भिन्न तरिकाले स्वागत गरेका हुन् ।

सर्जकहरूले गीत, गजल लगायत साहित्य सिर्जना अभिव्यक्त गरेका थिए । नयाँ वर्षको स्वागत गर्न गेमीहोमस्टे जेलबाङ र थबाङसिथत थबाङी होमस्टे मिलेर जलजलामा गुराँस मेलाको आयोजना गरेका थिए ।

नयाँ वर्ष सुरुआतको अघिल्लो दिन सर्जकहरु जलजलामा पुगिसकेका थिए । उनीहरुले त्यहाँ शान्तमनले सिर्जनाका लय प्रस्तुत गरे । विगतको द्वन्द्वको घाउ भुलाउन रापती क्षेत्र र त्यसबाहिरबाट पनि आइपुगेका साहित्यकारहरू उत्साह साथ जलजलामा पुगेका थिए । गुरिल्ला ट्रेकिङ क्षेत्रभित्र समेटिएको जलजलामा आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।

जलजला छेवैका गाउँहरु थबाङ र जेलबाङमा होमस्टे संचालन गर्न थालेपछि जलजला पुग्ने र रमाउनेहरु बढेका छन् । जलजला आफैंमा मनोरम स्थल हो । धार्मिक, प्राकृतिक एवं सामरिक महत्त्वले परिचित जलजलामा साहित्यको गुञ्जन सुन्न पाउँदा युद्धबाट थलिएका थबाङी र जेलबाङीहरु मन्त्रमुग्ध भए ।

साहित्यकार, गीतकार, गायक एवं पर्यटनकर्मीलाई स्वागत गर्दै यी गाउँका अगुवा समेतले रैथाने गीत र नाच सुनाउन भ्याए । रैथाने खाम भाषी मगरहरुको मुख्य कुलपूजाका रुपमा पुजिने बराह देवताको पूजा गर्दा बराह मन्दिर र बराहथानको महत्त्व नै बेग्लै देखिएको थियो । बराह पूजाका लागि हरेक वर्षको वैशाख, जेठ र साउन पूर्णिमाका दिन श्रद्धालु र भक्तजनको भेला जत्तिकै साहित्यकर्मीको जलजलामा उपस्थितिले रौनक थपेको थियो ।


माया

सावन का बादल