• २०८१ श्रावाण ११ शुक्रबार

मञ्जुश्री साहित्य समाजद्वारा सम्मान र लोकार्पण कार्यक्रम सम्पन्न

२६ चैत्र, काठमाडौं

मञ्जुश्री साहित्य समाज नागार्जुन काठमाडौंद्वारा संचालित तथा साहित्यकार प्रा. गंगालिगल द्वारा स्थापित मञ्जुश्री साहित्यिक समाजको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

विपीभूपि मञ्जुश्री साहित्यिक पुरस्कार, २०७८ रु.२५१२५ र (नगद राशी) सहित श्रेष्ठ प्रियापत्थरलाई प्रदान गरियो तथा गङ्गालिगल र कविवर मनिराज जोशीलाई मञ्जुश्री साहित्यिक स्रष्टा सम्मान समर्पण गरिएको छ ।

विपीभूपी मञ्जुश्री साहित्य समाजका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा तथा प्रमुख अतिथि प्रा. डा. श्री कृष्णहरि बरालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पुरस्कार अर्पण सहित संरक्षक सदश्यताको प्रमाणपत्र पनि वितरण गरिएको थियो । साथै डा. बम बहादुर थापा जितालीको गीति कवितासंग्रह ‘जहाँ छन् वुद्धका आँखा’ विमिोचन गरिएको थियो ।