समाचार
काठमाडौं ।
अग्रज समालोचक प्रा.डा.वासुदेव त्रिपाठीले साहित्यकार नरेन्द्रराज प्रसाईंद्वारा लिखित निबन्धकृति ‘सीताराम दाइ’ लोकार्पण गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. त्रिपाठीले सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईंबाट सीताराम प्रसाईमाथि केन्द्रित प्रस्तुत ग्रन्थ जीवनीकृति नै भएको बताए ।
वानीरा फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा प्रा.डा. भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ निबन्ध कृतिको बृहत् समीक्षा गरे । ‘सीताराम दाइ’ नइ एकेडेमीको १९४औँ कृति हो भने नरेन्द्रराज प्रसाईको ९५ औँ पुस्तक भएको जनाइएको छ । कार्यक्रममा साहित्यकार इन्दिरा प्रसाईं, कृतिकार नरेन्द्रराज प्रसाईंलगायतले आफ्ना धारणा राखे ।
