• २०८० मंसिर १९ मङ्गलबार

पुस्तक विमोचन

काठमाडौँ, ९ चैत २०७८

खेम शर्मा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त कृति सार्वजनिक गरेका हुन् । समारोहमा उपराष्ट्रपति पुनले स्वर्णिम युग फाउन्डेसनको समेत हुभारम्भ गरेका थिए ।

समारोहमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री बोधमाया यादव, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल, गैरआवासीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भुवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाललगायतको उपस्थिति थियो ।

सो अवसरमा उपराष्ट्रपति पुन, पुस्तकका लेखक शर्मा, प्राविधिक शिक्षाविद् खेम लकाई आदिले मन्तव्य व्यक्त गरेका थिए ।