• २०८१ माघ १० बिहीबार

मुस्कान

राजेन्द्र शलभ

राजेन्द्र शलभ

कहिले नसोच्नु
दिन हो कि रात
एक्लै छु वा भिडमा
घरमा या कार्यालयमा
बाटोमा छु या पार्कमा
कुनै पनि बेला
जतिबेला ऊ आउन खोज्छ
आउन दिनु, नरोक्नु

आउन दिनु त्यो मुस्कान
तिम्रा ओठमा
आउन दिनु ..
नभए हराउने छ त्यो
चुपचाप थाहै नदिई
र फेरि फर्केर नआउन सक्छ ।


राजेन्द्र शलभ
[email protected]