English Poem
काठमाडौं, चैत्र ४, २०७८
काठमाडौँ , एक सय दुई वर्षे संस्कृतिविद् सत्यमोहन जोशीमाथि लेखेको पुस्तक ‘सत्यमोहन’को शुक्रबार ललितपुरमा लोकार्पण भएको छ। पत्रकार तथा लेखक गिरीश गिरीले शताब्दी पुरुष माथि लेखेको पुस्तक बुकहिल प्रकाशनले बजारमा ल्याएको हो।
पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफूले आफुलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए । पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्याउने पनि उनले बताए। उनले भने- ‘म सोच्थेँ म भित्रको आफूलाई कसरी चिन्ने ? कसरी थाहा पाउने ? मैले आफूले आफैलाई अझसम्म चिन्न सकेको छैन ।
चिन्न खोज्दैछु भनेजस्तो किसिमको एउटा दार्शनिक, आध्यात्मिक त्यो मनमा आइरहन्थ्यो । त्यत्तिकैमा मित्र गिरीश गिरीज्यूको संगतले दुई चार कुरा गर्दागर्दै उहाँ टिप्नु हुन्थ्यो अनि यो पुस्तक तयार भयो।’

