हिन्दी–गजल

काठमाडौँ/२९ फागुन २०७८
लघुकथा समाज, नेपालले यस वर्षको ‘धनमान कथासम्मान’ कथाकार ओममणि शर्मालाई प्रदान गरेको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा आयोजित कार्यक्रममा कथाकार शर्मालाई उक्त सम्मान अर्पण गरेका हुन् । सम्मानस्वरूप १५ हजार नगद राशि र प्रमाणपत्र प्रदान गरियो ।
समाजले एक वर्ष धनमान कथा सम्मान र अर्को वर्ष धनमान लघुकथा सम्मान प्रदान गर्दै आएको छ ।
लघुकथा समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल, डा. लक्ष्मणप्रसाद गौतम, धनमान श्रेष्ठ, रामप्रसाद पन्त, श्रीबाबु कार्की र तुलसीहरि कोइरालाले बोलेका थिए ।