• २०८१ असार १२ मङ्गलबार

बाउन्ने

मिलन बोहोरा

मिलन बोहोरा

छन्
इच्छा
अनन्त
दिगन्त झैँ ।
आकाश नाघ्ने
अभिलाषाहरू
थपिन्छन् अहर्निश ।
शैया जस्तै बन्छन्
बिझाउँछन् अप्राप्ति बनी
हात लाग्छन् टुक्रिएका फल ।
आकाश कुसुम जस्तै छन्
स्वप्नमा आइरहन्छन् ।
हात लम्किन्छन् मेरा
बाउन्ने बन्छु म
जादुको छडी
खोज्दैछु म ।
आशा मै
बाँच्छु
म ।


मिलन बोहोरा, विश्वनाथ, असम, भारत
[email protected]