• २०८१ पौष २९ सोमबार

चार सर्जक सम्मानित तथा पुरस्कृत हुने

२२ फागुन, २०७८, काठमाडौं

वासु शशी स्मृति परिषद्ले नेपाली साहित्यमा क्रियाशील चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

बसेको परिषद्को बैठकको निर्णयअनुसार वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई ‘वासु शशी साहित्य सम्मान- २०७८’, साहित्यकार राधेश्याम लेकालीलाई ‘वासु शशी साहित्य पुरस्कार- २०७७’, कवि तथा निबन्धकार मोमिलालाई ‘वासु शशी साहित्य पुरस्कार- २०७८’ र साहित्यकार ध्रुब मधिकर्मीलाई ‘कुमार–सरस्वती साहित्य पुरस्कार- २०७८’ प्रदान गर्ने भएको छ ।

उक्त निर्णय परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको बैठकले गरेको हो । २५ हजार राशिका उक्त सम्मान तथा पुरस्कारहरू वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औँं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने छ ।