काठमाडौँमा, १६ फागुन २०७८
शनिबार नेपाल- भारत साहित्य महोत्सवले काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा भारतको केरला र दिल्लीबाट आएका पाँच साहित्यकारलाई सम्मान गरिएको थियो ।
महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक डा. रामदयाल राकेशले डा. रतिका पञ्चारप्पोयिल कोट्टायी, डा. रम्या बालन के र कवि दिलना के. रविलाई सम्मान गरेका थिए ।
सोही कार्यक्रममा दिल्ली, भारतबाट आएका साहित्यकारहरू कमला सिंह र दिलदार देहलवी तथा भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल- भारत साहित्य महोत्सवका सदस्य वरिष्ठ समालोचक प्रमोद प्रधानले भारतबाट आएका पाँच जना सर्जकहरूको परिचय प्रस्तुत गरेका थिए ।