• २०८१ असार ११ सोमबार

अनूदित निबन्ध बजारमा

काठमाडौँ, १५ फागुन

विश्वका चर्चित निबन्धहरूको नेपाली अनुवाद ‘आकाशमुखी’ को शनिबार सार्वजनिक भएको छ । लेखक एवं पत्रकार मोहन मैनालीद्वारा अनूदित १५ वटा निबन्धहरूको यस सङ्ग्रहको विमोचन अध्येता हरि शर्मा, लेखक-पत्रकार सगुना शाह र अनुवादक मैनालीले संयुक्तरूपमा गरेका थिए ।

सङ्ग्रहमा बुकर टि वासिङ्टन, बर्नाड स, सर रिचर्ड लिभिङ्स्टोन, सर फ्रान्सिस एडवार्ड योङ्हस्बेन्ड, भर्जिनिया उल्फ, साइभिय द मेस्थ्र, बेन जोन्सन, अल्दस हक्स्ले, फ्रान्सिस बेकन र जेबिएस हल्देनका १४ निबन्ध र रिस्तो मिनेन्स्कीको एउटा कथा समेटिएको छ ।