• २०८१ श्रावाण ११ शुक्रबार

भीष्मराज फुलाराको ‘वासुदा’ सार्वजनिक

काठमाडौँ, ९ फागुन, २०७८

आइतबार फुलारा लिटरेचर फाउन्डेसनको आयोजनामा साहित्यकार भीष्मराज फुलाराको चौथो कृति ‘वासुदा’ उपन्यास लोकार्पण भएको छ । कृतिको साहित्यकार नवराज लम्साल, समालोचक ज्ञाननिष्ठ ज्ञवाली, लेखक फुलारा र उनका दाजु वासुदेव फुलाराले संयुक्तरूपमा लोकार्पण गरे ।प्रमुख वक्ता ज्ञवालीको आफ्नो मन्तव्यमा यस कृतिमा सङ्घर्ष, प्रेम र उद्देश्यको त्रिवेणी रहेको चर्चा गरे भने लम्सालले लेखकलाई शुभकामना दिए । लोकार्पण समारोहमा लेखकका साथै उनका दाइले वसुदामाथि आफ्नो विचार व्यक्त गरे ।