• २०८१ असार १२ मङ्गलबार

मेरो नाममा

सूचन प्रधान

सूचन प्रधान

मेरो नाममा तिमीले
टाउको चिरेर सिन्दुर नहाल्नू
हातलाई मैल पारेर
मेहन्दी पनि नलगाउनू ।

मेरो नाममा
कुनै व्रत नराख्नू
मेरै गोडा छोएर
शिर पनि नझुकाउनू ।

मेरो नाममा
कुनै मन्दिरमा गएर
भाकल पनि नराख्नू ।

बरू,
सक्छौँ भने प्रार्थनामा तिम्रो लागि
अलिकता जिउँदो स्वप्न माग ।


सिक्किम, भारत
[email protected]