• २०८१ माघ १ मङ्गलबार

मिलन बोहोराको रम्बास कविता प्रस्ताव

मिलन बोहोरा

मिलन बोहोरा

त्यो
को हो
म भित्र
चियाउने ?
स्वागत गर्छु
अन्तःपुर आऊ ।
रिक्त छ र निवास
निःसङ्ग प्रतीक्षामा छु ।
अनुरोध होइन मेरो
मधु मिलनको प्रस्ताव हो
खुला छ मूल ढोका आऊ
आऊ निर्भय भएर
छैन काम अभीप्सा
शर्त एउटा छ
निःशर्त आऊ
हाँस्दै आऊ
रमाउँ
दुवै
है !


मिलनबोहोरा , विश्वनाथ, असम, भारत
[email protected]