गजल - Aksharang
  • २०७९ जेठ ८ आइतबार

गजल

युवराज भण्डारी

युवराज भण्डारी

तिम्रो मुस्कान मन उघार्ने साँचो रहेछ
माया, दुई आत्मा एक हुने बाटो रहेछ

लाग्छ एउटा धागो हो जिन्दगी भन्नु
अदृश्य रही डोरी तानिरहने को रहेछ ?

विश्वासको महल खरानी भो निमेषमै
टुट्यो अमर नाता, रिस आगो रहेछ

मुटु नै रेटियो भन्छन् यहाँ दुनियाँ
के सुन्दैछु बचन पनि धारिलो रहेछ !

छाडी जाने सम्झी आँशु नबगाउनु है
झरी गए फूल कोपिला लाग्दो रहेछ


युवराज भण्डारी
bhandariyub@gmail.com