समाचार

हुन पनि किन हो अचम्मै भएछ
साधारण जीवनचर्या पनि असाधारण बनेछ
हिजो कस्तो थियो अब इतिहासले बताउला
वर्तमान त कोरोनाको पञ्जामा परेछ
छँदा खाँँदाको मान्छे कठै ! खुत्रुक्कै भएछ
हिजोसम्मको हाँस खेलमा आज आँसु झरेछ
त्राहिमामको चित्कारले जगतै हल्लाउँदा
यो सुन्दर जीवन ठहरै भएछ
कोरोनालाई जित्ने कुनै तोड भएन
पहिलो खोप लगायो आराम दिएन
दोस्रो खोपले अब ता सब ठीक पार्छ भन्थे
तेस्रो खोपको बुस्टरको पनि भर भएन
जति खोप बढे उति कोभिड बढे
डेल्टाले छोडेको ओमिक्रोनमा परे
हे दैव अब के गरम म भन्नु !
यो बोनसको जीवन कसरी म धान्नु
(निरोला चर्चित साहित्यकार हुन्
[email protected]