• २०८१ माघ १० बिहीबार

अपराजित

असल चरित्र

असल चरित्र

जितेर पनि
पराजयी तिम्रो प्रेमकथा
मैले हारेर पनि हार्न नसकेको प्रेमको बाजी
अक्सर बल्झाइ दिन्छन्अतित
हाम्रा छोराछोरीले ।

यदि, प्रेम गर्नुको माने
सिन्दुर, पोते
र दुइ रुपियाँ चार आनामात्र हुन्थ्यो भने
जीतेर पनि
किन सम्हालिरहेछौ अपराजित प्रेमको बग्दाद
अभय पहाड झैँ तिम्रो विवशता
दर्शिन ढुङ्गा झै मेरो नियति सम्झाएर
अक्सर दुखाउँछन् वर्तमान
हाम्रा छोराछोरीले ।

हेर !
आज मेरो छोरा र तिम्री छोरी पनि
थापिरहेछन बाजी
र, खेलिरहेछन प्रेमको खेल
कोपिला मगजकायी छोराछोरी
खेलिरहेछन् भात तिहुन
रबन्ने प्रयत्न गरिरहेछन्
एक अर्कामा समर्पित पतिपत्नि

मलाई सङ्कोच छ,
बाजी लगाएर सम्बन्ध, प्रेमको खेलमा
एक अर्काको हुन नसक्ने
प्रेमको अपराजित खेलाडी जस्तै
कालान्तरमा
हाम्रा छोराछोरी पनि
कतै हामी जस्तै
अपराजित त हुने छैनन् ।


असल चरित्र, साँझा बस्ती, खोटाङ
[email protected]