• २०८० जेठ २१ आइतबार

झाँकी

गीताश्री शर्मा

गीताश्री शर्मा

के
देख्छु
धर्तीमा
भिन्ना भिन्नै
जीवन शैली
सजावट कतै
रम्दैछन् भाषणमा
डुबेका मोज मस्तीमा
आँसुको पोखरीमा कहीँ
बज्दछन् ताली, वास्याबासको
ढोल ,नगरा, झ्याली झ्याम्टा
एकोहोरो शंङ्ख ध्वनि
कतै लुछिन्छन् चेली
पुछिन्छ सिन्दूर
रून्छिन् ती आमा
देख्छ आँखा
विभिन्न
झाँकी
यो ।


गीताश्री शर्मा
सिक्किम, भारत
[email protected]