English Poem
के नै अर्थ रोएर नि कस्ले सुनीदिन्छ
जस्ले सुन्छ निमुखाको मुख थुनीदिन्छ
दुःख बाँडे दुखै बढ्छ सुख बाँडे सुखै
उल्टै वचन् सुन्नुपर्छ एकोहोरो रूखै
आफन्त नि आफ्ना हुन्नन् अप्ठेरोमा पर्दा
खेद्छन् मात्र मृगलाई ओरालीमा झर्दा
राम राम भन्छन् मात्र बगलीमा छुरा
काँ हुन्छ र बुझिसक्नु तिलस्मीका कुरा
देखाएरै रून पनि हुन्न आँशु झर्दा
खेद्छन् मात्र मृगलाई ओरालीमा झर्दा
प्रकाश सुवेदी
[email protected]