के नै अर्थ रोएर नि कस्ले सुनीदिन्छ
जस्ले सुन्छ निमुखाको मुख थुनीदिन्छ
दुःख बाँडे दुखै बढ्छ सुख बाँडे सुखै
उल्टै वचन् सुन्नुपर्छ एकोहोरो रूखै
आफन्त नि आफ्ना हुन्नन् अप्ठेरोमा पर्दा
खेद्छन् मात्र मृगलाई ओरालीमा झर्दा
राम राम भन्छन् मात्र बगलीमा छुरा
काँ हुन्छ र बुझिसक्नु तिलस्मीका कुरा
देखाएरै रून पनि हुन्न आँशु झर्दा
खेद्छन् मात्र मृगलाई ओरालीमा झर्दा
प्रकाश सुवेदी
[email protected]