• २०८१ कातिर्क २३ शुक्रबार

विडम्बना

गुरुदत्त ज्ञवाली

गुरुदत्त ज्ञवाली


दम्भ
उर्लँदो
अलि बढी
रोग मान्छेमा
मेरै टक्का ठुलो
बर्खाको भेलजस्तै
सुक्दछ क्षण भरमै
सद्भाव मार्दछ आफैले
चाकडी गर्न जान्दछ उही
खेल उल्टोसुल्टो खप्पिस
फोन्द्रा फुलाउँछ, नाक
ठान्छ ठुलो, बुजुर्ग
खबर यस्तै छ
हावा छ यस्तै
विडम्बना
सभ्यता
भंग
छ ।


गुरुदत्त ज्ञवाली