गीत
![](https://aksharang.com/wp-content/uploads/2021/12/16-DECEMBER-THURSDAY_Artboard-54-copy.jpg)
ती
गोप्य
रहस्य
चिहान मै
विलीन हुन्छन् ।
कति थिए होला
भन्ने र सुनाउने
लेख्ने र प्रकाश गर्ने
केही नै उद्गार भएनन्
सायद नहुनु नै उत्तम ।
कतिको देखिन्थ्यो नग्नता
कतिको घाउ देखिन्थ्यो
कतिको सूख जल्थ्यो
गोप्य राख्ने कला
शान्तिको पथ
राख ढुङ्गा
निःशब्द
छोप
है !
मिलन बोहोरा
विश्वनाथ, असम
[email protected]