समाचार

बदली लागेको बेला
दिनलाई पनि रुघा लाग्दोरहेछ !
र काठको अप्ठेरो मनमाथि
फलामको गह्रुङ्गो टाउको लिएर ऊ
मैलो सिरकले सबै शरीर
अनुहारसमेत छोपेर कतै
मनको चिसो छिँडीमा
या मस्तिष्कको अँधेरो बुइँगलमा एक्लै
चुपचाप पल्टँदोरहेछ
बदली लागेको बेला
दिनलाई पनि रुघा लाग्दोरहेछ !