धर्मले दिमाग र
विज्ञान ले हिर्दय लुटे पछि
पृथीवी को कालो छायाले
अहिले स्वर्ग पूर्ण अन्धकारमा छ,
माक्स बुद्धको सन्नाटाको गितमा
ध्यानमा छन्
ओशो, फ्राइडको बेडमा
नाचिरहेछन
पृथिवी को चाल उस्तै छ
तर,
पैसाको नसाले, सबै भन्दा बेस्सरी
यति बेला रिगाटामा छन् मान्छेहरू !
मानवता सुकेर खरास छ
शि
खरानी नपाएर भिक्षा मागिरहेछन
खरानीको पुरिया किन्न !
त्यसैले,
म अचेल आगो खोजिरहेछु !
रूप सिंह भण्डारी
[email protected]