• २०८१ श्रावाण ११ शुक्रबार

मलाई तिम्रै मनमा पाल

पवनकुमार बुढाथोकी

पवनकुमार बुढाथोकी

यस्तो राम्रो सङ्ग, मन र मुहार खुलेकी परीलाई म के भनुँ
मेरो सम्झनामा हरपल मज्जाललें डुलेकी चरीलाई म के भनुँ

मृगका जस्ता सुन्दर नयन तिम्रा हाँसका जस्ता लस्कने चाल
भुतुक्कै पारेउ बिर्सिन नसक्ने नै पो बनायौ मेरो अहिलेको हाल
यस्तो………..

नागिनको जस्तो बाडुली कम्मर केशनै देखियो समुन्द्रको छाल
तिमी सङ्गै नारियर यो जुनीमा नाच्न पाए रम्दछ मेरो चाल ढाल
यस्तो………..

स्वर्गकी परीका जस्तो हाउभाउ र मधुर मुस्कानको जाल
कसरी पार गर्ने हो तिमी पाउने परिक्षा बनायौ जुवाको खाल
यस्तो…………

चन्द्रमा टल्केझै टल्कन्छु तिम्रा आँखामा तिम्रा नयन मेरा नै ताल
म तिम्रै मन्द मुस्कानमा रम्दछु र खुल्दछु मलाई तिम्रै मनमा पाल !
यस्तो………


पवनकुमार बुढाथोकी
[email protected]