वसन्तवेला

मक्ख परेछ
मिठो बोली सुनेर
माया बसेछ ।
नभेटी तिमी
टाढि़एर गएछौ
निष्ठुर मन ।
नयनमा साँचे
प्रेमरूपि अमृत
छल्केर गयो ।
जिन्दगी यस्तै
पानीको भेल जस्तै
बगेर जाने ।
मायाको चिनो
सम्हालेर राख्नु है
नबिर्सिकन ।
नीता गुरुंग भाटिया
[email protected]