• २०८१ माघ १० बिहीबार

उफ्

अर्जुन उप्रेती (अप्रतिम)

अर्जुन उप्रेती (अप्रतिम)

के
भयो
ताज्जुब !
खोई मान्छे ?
कता हरायो ?
कहाँ अल्पियो त्यो ?
“म भन्दा पनि श्रेष्ठ“
भन्ने गर्थे भगवान !
सबै भन्दा प्यारो भन्छन्
सर्वश्रेष्ठ प्राणी ब्रह्माण्डमा ।
अहिले त्यसो भन्दैनन !
थोरै मात्र छन सच्चा
धेरैका मन कच्चा
संझाएरै हारे
छैनन मान्छे
शरीर छ
मन चैँ
के भो
उफ् !


अर्जुन उप्रेती (अप्रतिम)
[email protected]