• २०८१ भाद्र २५ मङ्गलबार

पवनकुमार बुढाथोकीका पाँच मुक्तकहरू

पवनकुमार बुढाथोकी

पवनकुमार बुढाथोकी

१.
उनि नै टाढा भैदिए पछि कस्का नै पो कुरा गर्ने हो,
मन परेकी सङ्ग कुराकानी नभए पछि यो मन कसरी भर्ने हो,
जो मन पर्थ्यो उसैको झन् अनुहार नै हेर्न पाइएन नि
भन्नुस न साथी, मेरा दिन अब कसरी पो यहाँ टर्ने हो  !

२.
मलाई अरू कोही हैन तिमी नै चाइन्छ,
मसङ्ग आउन मात्रै मिठो मिठो नै खाइन्छ,
मेरो मन परे कि परि न हौ तिमी प्रीया
तिमी जुन ठाँउ रोज्छेउ त्यहि नै जाइन्छ !

३.
संजाल भरि तिमीलाई कतै भेट्न नै सकिन,
भैगो त भनौँ सम्झना तिम्रो मेट्न नै सकिन,
भेट्न पाए खुसी गुमाउदा दुःखी के गर्नु यस्तै भो
मेरा पीडा चंगा चेट गरे झै चेट्न नै सकिन !

४.
नाम नै बिर्षे तिम्रो फेसबुकमा समेत खोज्न सकिन,
मन तिमी सङ्ग नै बस्नाले माया अरूमा पोत्न सकिन,
मन परेकि तिमी नै बिछोडिएकोमा धेरै दुःखी छु प्रीया
संझना तिम्रो मात्रै आउँछ केहि गरि यो मन रोक्न सकिन !

५.
खैर जे होस, तिमीलाई नै आउँदा दिनहरूमा जसरी नै भेट्छु,
मन भरिका इच्छाहरू म हर तवरले तिमीसङ्ग नै मेट्छु,
म त केवल तिम्रो शुभ संकेतको प्रतिक्षामा मात्रै छु प्रीया
साथै होइ देउ न माया, हाम्रा दूःख न दोहोरिने गरि नै रेट्छु !


पवनकुमार बुढाथोकी
[email protected]