• २०८१ चैत ६ बिहीबार

गजल

ईश्वर दाहाल

ईश्वर दाहाल

नसोध कोहि जिन्दगी कस्तो गुजारें मैले !
आफैं बचाई आफूलाई आफैंले मारें मैले !

कुनैदिन यति फुर्सदमा रहेछु स्विकारें मैले !
बगरको ढुङ्गालाई समेत समुन्द्र तारें मैले !

जित्नेका पनि आखाँमा आँसु खसिरहेछन्
हरेक हार आजसम्म यति सुन्दर हारें मैले !

तिम्रो तस्बीर बनाएर समय मात्र फालिन,
मेरै तस्बीर बन्ने पनि कागज बिगारें मैले !

अझै म किन बारम्बार पछाडि फर्किरहेछु ?
अझै रित्तो गोजिबाट अनमोल के झारें मैले ?


ईश्वर दाहाल
[email protected]