• २०८१ श्रावाण ११ शुक्रबार

लोकनाथ शर्माका दुईटा रम्बास कविता

लोकनाथ शर्मा

लोकनाथ शर्मा

१.
जीवश्रेष्ठ

यो
रित
सम्पूर्ण
विपरीत
धर्म विरुद्ध ।
मूक पशुलाई
बलि चढाई दिन्छ
बदनाम जगदम्बा
काटि सक्यो भोग आरम्भ
कस्तो यो अविश्वासी विश्वास
बाख्रा, कुखुरा, हाँस, भैंसि
माछा अनि अन्य जीव
प्राण मूल्यहीन छ
मताल नाशमा
सर्वभोगी यी
जीवश्रेष्ठ ।
प्रकृत
श्रेष्ठ
हो ?

२.
ब्रह्माण्ड

यो
विश्व
ब्रह्माण्ड
अस्थिर छ
दूषित भयो
जल, धरा, वायु
अगणित बिमार
केन्सार, डायबेटीज
अविकसित छ मस्तिष्क
कुपोषणको शिकार छन
रसायनिक खाद्यवस्तु
विषाक्त वायु सेवन
विषाक्त जल पान
वैज्ञानिक युग
कतै ब्रह्माण्ड
ध्वंस हुन
आँटेको
होईन्
नि ।।


लोकनाथ शर्मा
[email protected]