आफन्त हो कि पराया ठम्याउन सकीन
उड़ी हिड़ने बतासलाई समाउन सकीन ।
पाउने भए अलिकति खुशीको खाँचो छ,
उदास बसी यसरि एक्लै रमाउन सकीन ।
फूलले दिएको घाउलाई उसले काँड़ाले सिए
एकै सासमा उसले दुःखको सागरलाई पिए ।
काटछन् कसैले पुरै जिन्दगी पलपलमा भने,
उसले एक पलमा पुरै जिन्दगीलाई जिए ।
नजोडि़ने नातालाई तोड़ेकै राम्रो
गन्तब्य नपुर्याउने बांटो मोड़ेकै राम्रो
मनमनै कसैको चिन्ता लिएर बस्नु भन्दा,
आफ्नो भनि नसम्झिनेलाई छोड़ेकै राम्रो ।
सपनिमा तिम्रो आउ- जाउ चलिरहोस्
प्रेमको दीयो मनको कुनामा बलिरहोस्
यतिमै पुग्छ मलाई अरू चाहना गर्दिन
मेरो मनको बोटमा माया तिम्रै फलिरहोस् ।
हाँसो र बोलीले नशा पिलाएर गयौ
छड़के परि हेर्ने नजर मिलाएर गयौ ।
भो भो माया लाउने छैन भन्दा भन्दै नि,
खेल खेलमै मनको तार हल्लाएर गयौ।
नीता गुरूंग भाटिया, गुवाहाटी, असम, भारत
[email protected]