रागविराग - Aksharang
  • २०७९ असार १६ बिहीबार

रागविराग

मोहन आचार्य जलद

मोहन आचार्य जलद

दुनियाँको रितले छु म हराएको
रामनाम प्रितले छु म कराएको

शान्ति मुक्ति जीवन कसोरी भेटुला
छ निर्दोषीहितले छु म सराएको

हे ईश्वर मलाई सम्झाई भक्तिको
मान्नेछु सङ्गीतले छु म अराएको !

आपन्तको बैगुनी रूप यो देखियो
लेख्दैछु म गीतले छु म डराएको ।

सज्जनको कुराले सन्सार बुझ्दैछु
सच्चाई छ मितले छु म पराएको


मोहन आचार्य जलद, लन्डन बेलायत
[email protected]