कविता

तिमीलाई
सँधैं पछ्याओस्
खुशी र शान्तिले
सँधै होस् आनन्द मात्र
कहिलै कुनै दुःख नहोस्
मेरो स्नेह- शक्तिसिहत
तिमीलाई कसैले सधैं माया गरोस्
मलाई भेट्नेछौ उसको मुस्कानमा
उसको प्रेमी, साथी र आफन्त बनेर
गर्न तिमीले म संग गर्न नपाएका कुराहरू
नरिसाउनु उ सँग, गर्नु सधैं माया मात्र
उसमा भेट्नेछौ तिमीले
देवदूतहरूले पिउने झरनाको शीतल-जल
त्यो अमृतपान गर्न अंगालेको बेला
नकाट्नु तिनका पखेटाहरू तिमीले
पलाउनेछ आशा उसको मुस्कानले
र जागृत हुनेछ प्रगतिको ईच्छा
उसलाई यसरी माया गर्नु,
जसरी पहिले कहिल्यै गरेका थिएनौ
त्यही मायाले तिमी पहिले भन्दा,
हरेक अर्थमा असल बन्नेछौ
आफूलाई हराउँछु भन्ने डर मनबाट निकालेर
आफ्नो सम्पूर्ण उसको आत्मासँग मिसाउनु
र अझ् केही बृहत्तर सिर्जना गर्नु
तिम्रो सम्पूर्ण अस्तित्वको समर्पण गरेपछि
शायद, जिन्दगी बितेपछि मात्र बुझ्नेछौ
उनीमात्र हुन्–तिम्रो चोखो मायाको लायक ।
अनुवादक: राजेन्द्र शलभ
अनिता पेसिक, सर्बिया