धेरै कुरा सोच्दा सोच्दै
यहाँ खडा गरायो
थोरै कुरा पूरा भए
धेरै कुरा हरायो !
जे मा रमिरहेको छु अहिले
सोचेकै थिईन हुन्छ यस्तो कहिले
जे पाउन मरिहत्ते गर्दथे
त्यो चै भेटिन है मैले !
धेरै कुरा…
लजालु आँखा, मिठो स्वर
लाग्थ्यो त्यो त मेरै लागिहो
मेरै मनको बगैंचा सजाउन
सून्दर र आकर्षक नै थ्यो त्यो !
धेरै कुरा…
जे थ्यो मन र मस्तिष्कमा खेलिरहने
आज प्रिय सम्झनामात्र भो
कोरिएका भविस्यका सपना
वर्तमान नदेखि कनै बिगत भो !
धेरै कुरा…
पवनकुमार बुढाथोकी
[email protected]