• २०८१ बैशाख ८ शनिवार

नक्कले

अर्जुन उप्रेती (अप्रतिम)

अर्जुन उप्रेती (अप्रतिम)

हो
यहाँ
केवल
विज्ञापन
जताततै छ,
छोड्दैनन् केही
न राम, न रहीम !
छैन गुणान्वित केही
आफ्नो घटिया प्रचारले
सबैलाई छक्याएरै छोडे ।
शान्तिको मन्त्रमुखमा छ
अशान्तिको यन्त्र बेच्छ
महान आत्मा सँगै
अनुहार  राख्छ
चुलिने मन
गज्जबको
नक्कले
जन
त्यो ।


अर्जुन उप्रेती (अप्रतिम)
[email protected]